कृषि विकास बैंकले मनायाे ५२ औं वार्षिकाेत्सव
Investopaper, Jan 21, 2019
काठमाडौं, माघ ७ । कृषि विकास बैंक लि. को ५२ औं वार्षिक उत्सव अाज कृषि तथा पशुपन्छी मन्त्रि चक्रपाणि खनालकाे प्रमुख अातिथ्य तथा वैंकका अध्यक्ष क्षेत्र वहादुर सेजुवालकाे सभापतित्वमा सम्पन्न भएको छ । उक्त समाराेहमा अामन्त्रित विभिन्न विशिष्ट व्यक्तिहरूका साथै संञ्चालक समितिका पदाधिकारीहरू, भूतपूर्व कर्मचारीहरू तथा कार्यरत कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
प्रमुख अतिथिकाे अाशन बाट बाेल्दै मन्त्री खनालले कृषि क्षेत्रकाे उत्पादन बढाउनकाे लागि अावश्यक पर्ने पूंजी र प्रविधि उपलव्ध गराइ किसानको जिवन स्तर माथि उठन सकोस भन्ने धारणा व्यक्त गर्नु भयाे । नेपालका कृषकहरुले गरेको कुनै पनि उत्पादनले बाहिरी उत्पादन संग प्रतिस्पर्धा गर्न नसकि थला परिरहेकाे परिप्रेक्षमा उत्पादन लागत घटाउन मदत पुर्याउन पनि अाग्रह गर्नु भयाे ।
यूनियनका नेताहरूकाे मागकाे प्रतिउत्तर दिदै सिंह दरवार भित्र वैंक शाखा खाेल्न खासै समस्या नभएकाे र अाफ्नाे तर्फवाट पहल गर्ने भन्दै कृषि विकासकाे लागी कार्यकारी प्रमुखसंग छलफल समेत भैरहेकाे बताउनु भयाे । स्थापनाकालकाे उदेश्य पूर्तिकाे लागि समेत वैकले ध्यान देअाेस भन्दै कृषकलाई पनि सहुलियत ऋण उपलब्ध होस र बैंककाे पनि उत्तराेत्तर प्रगतिकाे गराेस भनि शुभकामना दिनुभयाे ।
सभापतिकाे अासन बाट बाेल्दै अध्यक्ष क्षेत्र बहादुर सैजुवालले यस अवस्थामा कृषि विकास बैंकमा अध्यक्ष, संचालक तथा सिइअाे यसै वैंकका पूर्व कर्मचारीहरू भएकाले समस्या पहिचान गर्न र प्रगतिलाइ गति दिन सकिने धारणा व्यक्त गर्नुभयाे । कृषि विकास बैंक कमर्सियल बैंककाे एकै छातामुनि अावद्ध भएपनि वैंककाे काेरक्षेत्र भनेको कृषिमै भएको र विभिन्न क्षेत्रमा लगानी विबिधिकरण गरि प्रगति गर्न चाहेको बताउनु भयाे ।
भर्खरै प्रतिस्पर्धाबाट छानिएर अाउनु भएका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सवैलाइ स्वागत गर्दै वैंककाे विजनेस प्लान मुताविक कार्य सम्पादन गरि प्रगतिलाइ उचाइमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयाे । सम्पूर्ण अग्रजहरूसंग रायसुझावहरूकाे अपेक्षा गरेकाे बताउदै, सरकारकाे समन्वयनमा विभिन्न कार्यक्रमहरू संचालन गर्ने वताउनु भयाे । गरीव कृषक तथा उद्दमीहरूकाे जीवनस्तर उकास्नकाे लागि वैंकले २ अरव ३८ कराेड सहुलियत कर्जा उपलव्ध गराएकाे जानकारी गराउनु भयाे ।
उक्त समाराेहमा ५२ अाैं वार्षिकेत्सवकाे प्रतिकारात्मक रूपमा ५२ वटा रंगीन वेलुनहरूलाइ अाकासमा उडाइएकाे थियाे । २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरूलाइ प्रसंशापत्र दिइएकाे थियाे भने सभाकाे संचालन विभागीय प्रमुख दीर्घ वहादुर अर्यालले गर्नु भएकाे थियाे ।
वैंकले आर्थिक वर्ष २०७५/७६ को व्यावसायिक योजना अन्तर्गत १११५३.८७ करोड कर्जा लगानी पुर्याउने जसबाट १४२५.०९ करोड व्याज असुल गर्ने र स्रोत बापत ११६६३.७१ निक्षेप संकलन गर्ने, तत्पश्चात ५५९.४७ करोड सञ्चालन खर्च गरी ८४९.१४ करोड सञ्चालन आम्दानी गरेर २८९.६७ सञ्चालन मुनाफा तथा ५०२ करोड खुद मुनाफा गर्ने लक्ष्य राखेको छ ।