कृषि विकास बैंकको थप नयाँ काउण्टरबाट सेवा शुभारम्भ

 इन्भेष्टोपेपर ।  श्रायण ०६, २०७७ 

कृषि विकास बैंक लि.मुख्य शाखा कार्यालय, पोखरा अन्तरगत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा बैंकको एक्टेन्सन काउन्टर संचालनको कार्य शुभारम्भ भएको छ ।

२०७७ साल श्रावण ५ गते सोमबारका दिन पण्डित श्रीकान्त सुवेदीद्वारा स्वस्ती बाचन सहित शुरु भएको उक्त कार्यक्रममा कृषि विकास बैंकका संचालक सदस्य हरि प्रसाद पराजुली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैक लि. गण्डकी प्रदेश कार्यालय, पोखराका निर्देशक करुणचन्द्र घिमिरेबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्रा.डा. नरेन्द्र विक्रम गुरुङ्गलाई प्रतिष्ठानको चेक हस्तान्तरण गर्नुभयो ।

समारोहमा प्रतिष्ठानका निर्देशक प्रा. डा. अर्जुन आचार्य, प्रा.डा. नरेन्द्र विक्रम गुरुङ्ग, डा. भरत बहादुर खत्री, लेखा प्रमुख निर्मल पौडेल लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने बैंकका गण्डकी प्रदेश कार्यालयका बरिष्ठ शाखा प्रमुख तेजमान सिं भण्डारी, बरिष्ठ शाखा प्रमुख मोति प्रसाद पौडेल, बरिष्ठ शाखा प्रमुख महेश प्रसाद पौडेल तथा मुख्य शाखा पोखराका बरिष्ठ शाखा प्रमुख कृष्ण कुमारी रेग्मी पौडेल, बरिष्ठ शाखा प्रमुख हिमलाल श्रेष्ठ, शाखा कार्यालय मालेपाटनका प्रवन्धक जनक शर्मा लगायत गण्डकी प्रदेश कार्यालय र मुख्य शाखा कार्यालय पोखराका कर्मचारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सोही अवसरमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धि बहादुर थापाले एक्सटेन्सन काउन्टरबाट तत्काल रकम जम्मा तथा भुक्तानी लगायत खाता खोल्ने कार्य समेतको ब्यवस्था गरिएकोमा खुशी ब्यक्त गर्दै कर्मचारी ब्यवस्था गरी शीघ्र अस्पतालको विलिङ्ग काउन्टर संचालन गर्ने, एटिएम सेवा संचालन गर्ने र प्रतिष्ठानको माग बमोजिम आगामी दिनमा सम्पूर्ण बैकिङ्ग सेवा संचालन गर्ने कार्य सहित कार्यक्रमको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयोे भने गण्डकी प्रदेश कार्यालय, पोखराका निर्देशक करुणचन्द्र घिमिरेले भविष्यमा संचालनहुने बैकिङ्ग सेवाको लागी प्रतिवद्धता ब्यक्त गनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *