निष्ठाले पराजय भोगे पछि

-- जनक तिवारी

जनताका वारेस दल
कार्यकर्ता मालामाल ।
भोटका लालचि नेता
तिनका वरिपरी पछुवा ।

पछुवाका वारेस विचौलिया
तिनका सुराकि तलविया ।
सरकारका निर्णायक किचन
किचनल्यै दिन्छ मिसन ।

कानुनका वारेस वकिल
गुण्डाका यार पुलिस ।
निती निर्माणमा विधायक
स्वार्थसिद्विका निर्णायक ।

विकासका वारेस डोजर
निर्वाचितका सहोदर ।
राष्ट्रका वारेस दुत
भागवण्डाका सपुत ।

मुल्यका वारेस ब्यपारी
करको सेटिङ संधैभरि ।
शिक्षामा माहिर संचालक
फिस असुलिले मालामाल ।

अस्पतालका वारेस डाक्टर
तिनका अन्नदाता एम्आर ।
मन्दिरका हर्ताकर्ता पण्डा
भित्रियाहरूको वितन्डा ।

किसानका वारेस विचौलिया
कृषि क्षेत्रका झुसिलकिरा ।
सेटिङमा चलेको ठेकेदारी
भेटि चढाएपछिको उमेद्वारी ।

निष्ठाले पराजय भोगेपछि
नेतृत्वले सत्तालिप्सा रोजेपछि ।
त्यो देशको अवस्था कस्तो हुन्छ रु
हाम्रै नेपाल जस्तै हुन्छ ।

(गैंडाकाेट, नवलपरासी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *