नेशनल लाईफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान
इन्भेष्टाेपेपर । जेठ २३, २०७९
काठमाण्डाैँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले MDRT का बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
विर्तामोड झापाको Hotel Kingsbury मा २०७९ जेठ २१ गते सम्पन्न गरिएको MDRT सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो ।
भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई MDRT/COT/TOT जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो ।
अमेरिकामा केन्द्रिय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT (Million Dollar Round Table) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.बाट ४ जना COT सहित १५७ जना अभिकर्ताहरु MDRT का लागि योग्य भएका थिए ।
