कोष व्यवस्थापन कम्पनी लि.को वार्षिक साधरणसभा सम्पन्न

इन्भेष्टोपेपर । असार २७, २०७

कोष व्यवस्थापन कम्पनी लि.को वार्षिक साधरणसभा कृषि विकास बैंक लि.को मुख्य कार्यालय रामशाहपथ काठमाडौमा रहेको हलमा यही २६ गते शनिबारका दिन सम्पन्न भयो ।

अधिकांश शेयरको हिस्सा कृषि विकास बैंक लि.को रहेको उक्त कम्पनीको लामो समय देखि हुन नसकेको बार्षिक साधरणसभा (आर्थिक वर्ष २०६४ /०६५ देखि २०७६/०७७ सम्मका आर्थिक विवरणका आधारमा ) कम्पनीका संचालक समितिका अध्यक्ष दिर्घ बहादुर अर्यालको अध्यक्षतामा सम्पन्न भयो । कम्पनीका शेयरधनीहरुलाई उक्त साधरणसभाले लामो समय पश्चात प्रतिफल स्वरुप चुक्ता पूंजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।

उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिनु भएका शेयरधनी महानुभावहरुले उठाउनु भएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष दिर्घ बहादुर अर्यालले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कोभिड महामारीका कारणले जुमका माध्यबाट तथा प्रत्यक्ष रुपमा शेयरधनीहरुकोे उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधी, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उापध्याय, कम्पनीका लेखापरिक्षकको उपस्थिती रहेको थियो ।

साथै कम्पनीको संचालक समितिमा एक जना संचालक सदस्य निर्वाचन प्रणाली मार्फत निर्वाचित गराउनु पर्ने कार्यक्रम रहेकोमा एक जनाको मात्र मनोनयन परेकोले श्री दिल बस्नेत निर्विरोध निर्वाचित हुनु भएको घोषण प्रमुख निर्वाचन अधिकृत (अधिवक्ता) विर्ख बहादुर रावलले गर्नु भएको थियो ।

साधरणसभाको संचालन कम्पनीका कम्पनी सचिव व्यास कुमार शर्मा र कम्पनीका महाप्रबन्धक नारायण प्रसाद आचार्यले संयूक्त रुपमा गर्नु भएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *