सिद्धार्थ इन्स्योरेन्सकाे साधारण सभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित

इन्भेष्टोपेपर । जेष्ठ २९, २०७

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले शुक्रबार कम्पनी को १९ औं वार्षिक साधारण सभा भच्र्युअल माध्यमवाट सम्पन्न गरेको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष  श्री रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गर्नुभएको थियो ।

इन्स्योरेन्सले आ.व. २०७६÷७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ९६ करोड ३९ लाख  बीमा शुल्क आर्जन गरेकोे थियो भने यस आ.व.को साधारण सभा भएको दिन सम्म रु. २ अर्व १ करोड भन्दा वढी बीमा शुल्क आर्जन गरि सकेको जानकारी गराईएको छ ।

उक्त वीमा शुल्क संकलन गत आ.व.को सोहिको तुलनामा १६.०७  वढी रहेको छ । सभाले हाल कायम रहेको चुक्ता पुँजी रु. १ अर्वको १२ प्रतिशत वोनस शेयर जारी गर्ने तथा ३.७८९४ प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारीत गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *