भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

इन्भेष्टोपेपर । मंसिर २२, २०७८

काठमाण्डाैँ । कृषि विकासका लागि अन्तर्राष्ट्रीय कोष (“IFAD”) को ऋण सहयोगमा नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक लि. द्वारा संचालन हुने कृषि रुपान्तरणका लागि समावेशि मूल्य श्रृंखला (Value Chains for Inclusive Transformation of Agriculture, VITA) परियोजनाको लागि नेपाल सरकार तथा कृषि विकास बैंक लि.विच अमेरिकि डलर ८ करोड ५५ लाख ५ हजार बरावरको सहायक ऋण सम्झौता सम्पन्न भयोे ।

उक्त कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमूख ढाकाराम तिवारीले हस्ताक्षर गर्नुभएको थियो । यस परियोजनाबाट ६ वर्ष अवधिभित्र १ लाख २५ हजार कृषकहरु लाभान्वित हुने अनुमान गरिएको छ ।

कृषि मूल्य श्रृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर ईन्टरनेसनल संस्थासंग सहकार्य गर्दै कृषकहरुको क्षमता अभिबृद्धी गर्ने कार्य समेत लक्ष्य रहेको छ । ३० वर्ष अवधिको लागि कृषि विकासका लागि अन्तर्राष्ट्रीय कोषको सहयोगमा नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत कृषि विकास बैंक लि. लाई प्राप्त यस ऋण रकम बैंकले नेपाल सरकारबाट ५ प्रतिशत व्याजदरमा प्राप्त गर्ने छ ।

कृषि विकास बैंक लि.ले निकै लामो अन्तराल पछि यस किसिमको सहुलियत ऋण सहयोग प्राप्त गर्न सफल भएको छ । बैंकिंग बजारमा देखिएको तरलता अभावलाई कम गर्न नेपाल सरकारको यस किसिमको कार्यक्रमले टेवा पुग्ने देखिन्छ । उक्त सम्झौता कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत प्रताप सुवेदी, विभागिय प्रमुख विना शर्मा, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेलको उपस्थीती थियो भने नेपाल सरकारको तर्फबाट उपसचिव विमला अधिकारी तथा लेखा अधिकृत बुद्धराम मल्ल आलेको उपस्थीती रहेको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *