न्यू होलैण्डका निर्माण उपकरण खरिदमा ज्योति बैंक मार्फत कर्जा सुविधा

Investopaper, कार्तिक १९, २०७६

ज्योति विकास बैंक र राशी अटोमोबाइल्सबीच मंगलबार १९ गते सम्झौता भएको छ​। सम्झौता अन्तर्गत राशी अटोमोबाइल्सको सिफारिस प्राप्त ग्राहकहरुले न्यू होलैण्ड ​ ब्राण्डका निर्माण उपकरण​को लागि ज्योति विकास बैंकमार्फत सहज रुपमा कर्जा प्राप्त गर्नेछन्।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब​ महाप्रबन्धक सुशील कुमार शर्मा तथा राशी अटोमोबाइल्सको तर्फबाट राशी अटोमोबाइल्सका अध्यक्ष अर्जुन रानाभाट​ले हस्ताक्षर गर्नुभएको थियो।

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट न्यू होलैण्ड ब्राण्डका निर्माण उपकरणहरु​ ग्राहकवर्गहरुलाई  सजिलै प्राप्त हुनेछ​। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त कर्जा सेवाको लाभ लिन सकिनेछ​।

निर्माण क्षेत्रमा न्यू होलण्डका निर्माण उपकरणहरुले गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली मन जित्न सफल भ​एको छ​। सम्झौता पश्चात ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ​। राशी अटोमोबाइल्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई विक्रि पश्चातको सेवा दिंदै आएको छ​।हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढि खाताबाट रु. ३० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई रु. २६ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *