नेपाल एसबिआई बैंक र वन्डर्स नेपालबीच स्काईवाक टिकटमा छुट दिने सम्झौता

न्भेष्टाेपेपर । जेठ ३, २०८१

काठमाण्डाैँ । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा. लि. बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी स्काईवाक टिकटमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कुमार पंण्डा र वन्डर्स नेपाल प्रा.लि का प्रमुख कार्यकारी अधिकृत कविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे लगायत बैंक तथा वन्डर्स नेपाल प्रा. लि.का अन्य वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *