राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागबीच सम्झौता

इन्भेष्टोपेपर । फागुन १६, २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतवार सम्झौता भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा बलराम पाठकको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. शिवराज अधिकारीले हस्ताक्षर गर्नुभएकाे छ ।

सम्झाैता अनुरूप बैंकले अर्थशास्त्रमा एमए र एमफिल गरिरहेका पाँच जना विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यकालागि ४० हजार रुपैयाँदेखि बढिमा १ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने भएकाे छ ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने विश्वास लिएको बताउनु भयाे ।

यसैगरी बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताउनु भयाे ।

यसैगरी त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग भएको यस्तो सम्झौताबाट प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताउनु भयाे । 

बैंकले देशभर २५८ ओटा शाखा कार्यालय, २४५ ओटा एटीएम र ४१ ओटा स्थानमा एक्सटेन्सन काउण्टर, ९८ ओटा शाखारहित बैंकिंग सेवासहित डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *