कृषि विकास बैंकबाट प्रिपेड डलर कार्डको सेवा सुरु
इन्भेष्टाेपेपर । वैशाख २२, २०७९
काठमाण्डाैँ । कृषि विकास बैक लिमिटेडले पनि अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउन प्रिपेड डलर कार्डकाे सेवा सुरू गरेकाे छ । बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक बस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको कृषि बैंकले याे सेवा पनि सुरू गरेकाे हाे ।
वित्त बजारमा अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग प्रतिस्पर्धा गर्न र ग्राहकहरुको आवश्यकता अनुसारको अत्याधुनिक बैंकिंग सेवा उपलव्ध गराउने शिलशिलामा बैकले मिति यही वैशाख १५ तेबाट विधिवत रुपमा प्रिपेड डलर कार्ड सेवाको शुरुवात गरेको छ ।
बैकका प्रमुख कार्यकारी अधिकृत उपाध्ययले पहिलाे ग्राहक अनिता पौडेललाई कार्ड हस्तान्तरणगरि सेवाकाे शुरूवात गर्नु भयो । उक्त कार्डबाट विदेशि मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि इ-कमर्शको माध्यमबाट अनलाइन सपिंग तथा विल भुक्तानी गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने छ ।
उक्त कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, उप–महाप्रवन्धकहरु प्रताप सुबेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, विभागीय प्रमुखहरु तथा अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
