कृषि विकास बैंकले गर्याे समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

इन्भेष्टोपेपर । भाद्र १७, २०७

कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता शैक्षिक गुठीका संचालक उत्तम संञ्जेललाई रु.५००,०००।– (पांच लाख मात्र) को चेक हस्तान्त्रण गर्नुभयो । वैंककाे मुख्य कार्यालय रामशाहपथमा आयोजित उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय हास्यव्यङ्गे मुर्धन्य कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेत उपस्थीति रहेकाे थियाे ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैकको तर्फबाट उहांहरुको सुस्वास्थ्य तथा दिर्घायूका कामना सहितको सम्मान समेत गरिएको थियो । सम्मानित हास्यव्यङ्ग कलाकारद्धयले कृषि विकास बैंक लि. गरिव किसान लगायत सबैंको बैंकको रुपमा आफूलाई चिनाउन सफल भएको देखिन्छ, आगामी दिनमा पनि बैंकको थप प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले वर्तमान अवस्थामा पुर्याएका सेवाका बारेमा उल्लेख गर्दै राष्ट्रिय हास्यव्यङ्गे कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकको तर्फबाट सम्मान गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो । आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु बैंकका फिल्ड स्थीत प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पुर्याएको योगदानको प्रसंशा गर्नुभयो ।

सो कार्यक्रममा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धकहरु, बैंक ब्राण्ड एम्वेश्डर द्धय जितु नेपाल र आश्रा कुंबर, बैंकका विभागीय प्रमुखहरु, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बजार तथा शाखा संचालन विभागका विभागीय प्रमुख गिरिधारी पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शाखा प्रमुख विनोद कोईरालाले गर्नु भएको थियो

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *