उपत्यकामा शुक्रबार राती १२ बजेबाट निजी तथा भाडाका सबै सवारी जाेर बिजाेर

इन्भेष्टोपेपर । माघ ७, २०७८

काठमाडौं ।  कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।

औषधि, स्वास्थ्य सामग्री, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना, अन्डा, फलफुल, खाद्यन्न, तरकारी, माछामासु बोकेका सवारी साधानमा भने जोरबिजोर लागू हुने छैन।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *