अलराउन्डर कुशल मल्ल आइएलटीमा अनुवन्ध

न्भेष्टाेपेपर । पुस ९, २०८१

काठमाडौँ ।  नेपाली राष्ट्रिय टोलीका अलराउन्डर  कुशल मल्लले  युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्नुहुने भएको छ ।

मल्ललाई युएईको डेजर्ट भाइपर्सले मल्ललाई टोलीमा अनुबन्ध गरेको हो । डेजर्ट भाइपर्सले मल्ललाई नेदरल्यान्ड्सका अलराउन्डर बास डे लिडेको स्थानमा सामेल गरेको हो । २० वर्षीय मल्लसँग अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ठूलो अनुभव छ ।

उहाँले सन् २०२० मा १५ वर्षको उमेरमा अमेरिकाविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गर्नुभएको थियो । मल्ल टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालका लागि पाँचौँ सर्वाधिक रन बनाउने खेलाडी पनि हुनुहुन्छ । उहाँले ४७ खेल खेल्दै नौ सय १७ रन बनाउनुभएको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *