आजदेखि सबै सवारी चल्न पाउँने, विद्यालय कलेज फागुन १ बाट खुल्ने

इन्भेष्टोपेपर । माघ २४, २०७८

काठमाडौं । आज सोमबारदेखि उपत्यकाका सवारी साधनहरूमा लागू गरिएको जोर–विजोर प्रणाली हटाइएकाे छ । अब सबै प्रकारका सवारी साधानहरू सदा झै चल्न पाउँने छन् ।

सिसिएमसीसीले गरेकाे सिफारिसका आधारमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने उहाँले बताउनुभएको छ । तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको शर्माको भनाइ छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *