मायाखोला हाईड्रोपावरको आयोजना प्रभावितका लागि निष्काशित शेयर बाँडफाँड सम्पन्न

न्भेष्टाेपेपर ।  पुष २७, २०७९

काठमाण्डाैँ । माया खाेला हाइड्राेपावर कम्पनीेले आयोजना प्रभावित क्षेत्रका लागि निष्काशित साधारण शेयरकाे बाँडफाँड सम्पन्न भएकाे छ ।

उक्त कम्पनीले जारी पूँजीको १०% अर्थात रु.१०,००,००,०००।– (दस करोड) रकम बराबरको रु.१०० अंकित दरका १०,००,००० कित्ता साधारण शेयर बाँडफाँड गरिएको हाे । याे शेयरकाे निष्काशन तथा बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ ।

उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६,९०,९४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५,२१,६२० कित्ता शेयर र १२०० कित्ताभन्दा बढी ९,५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता शेयर गरी ७८,००० कित्ता शेयर गर्दा जम्मा ५,९९,६२० कित्ता शेयर पाएका छन् र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५जनामध्ये ३८जना हरेकलाई १०कित्ता शेयर बाँडफाँड गरिएको हो ।

साथै प्रभावितमा २,०६२ जना आवेदकहरुबाट ४,०१,८०० कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४,००,००० कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा मेराे शेयर एपबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *