स्थानीयकाे लागि सान्जेन जलविद्युत कम्पनी लिमिटेडकाे शेयर बाँडफाँड सम्पन्न

इन्भेष्टाेपेपर ।  कार्तिक ३०, २०७९

काठमाण्डाैँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडकोे आयोजना प्रभावित रसुवा जिल्लाका बासिन्दाहरुको निम्ति प्रति शेयर रु.१०० अङ्कित दरको ३६,५०,००० कित्ता शेयर लागी निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा २८,६०८ जना आवेदकहरुमध्येबाट गाेलाप्रथा अनुसार बाँडफाँड गरिएकाे छ ।

बाँडफाँड अनुसार अति प्रभावित वर्गका कूल २,१६५ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ५१० कित्ता माग गर्ने १,३४२ जना आवेदकहरुलाई माग बमोजिम र ५२० कित्ता देखि ७०० कित्ता माग गर्ने ८२३ जना आवेदकहरुलाई ५१० कित्ताका दरले जम्मा ९,४९,२८० कित्ता शेयर बाँडफाँड गरियो ।

यस्तै प्रभावित क्षेत्रका कूल १,२६६ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि ३०० कित्ता माग गर्ने ५१८ जना आवेदकहरुलाई माग बमोजिम र ३१० कित्ता देखि ४५० कित्ता सम्म माग गर्ने २३३ जना मध्ये ३२० कित्ता सम्म माग गर्ने १ जना आवेदकलाई माग बमोजिम र सो भन्दा बढी ४५० कित्ता सम्म माग गर्ने २३२ जना आवेदकहरुलाई ३४८ कित्ताका दरले र ४६० कित्ता देखि ७०० कित्ता सम्म माग गर्ने ५१५ जना आवेदकहरुलाई ३६० कित्ताका दरले जम्मा ३,७४,९२६ कित्ता शेयर बाँडफाँड गरियो ।

यसैगरि सामान्य प्रभावित वर्गका कुल ३,५८८ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १५० कित्ता माग गर्ने २,४८३ जना आवेदकहरुलाई माग बमोजिम र १६० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ४१३ जना आवेदकहरुलाई १५० कित्ता, १६० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने ४१९ जना आवेदकहरुलाई १६५ कित्ता, ३१० कित्ता देखि ४५० कित्ता सम्म आवेदन गर्ने १०० जना आवेदकहरुलाई १७४ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १७३ जना आवेदकहरुलाई १८० कित्ताका दरले जम्मा ४,०६,९५५ कित्ता शेयर बाँडफाँड गरियो ।

त्यस्तै न्युन प्रभावित बाँकि सम्पूर्ण जिल्लाबासी वर्गमा कुल २१,३३१ जना रितपूर्वक आवेदन दिने आवेदकहरु मध्ये १० कित्ता देखि १०० कित्ता माग गर्ने ११,४८९ जना आवेदकहरुलाई माग बमोजिम र ११० कित्ता देखि २०० कित्ता सम्म माग गर्ने ५,६६६ जना आवेदकहरुलाई १०० कित्ता र २१० कित्ता देखी ३०० कित्ता सम्म माग गर्ने २,२०७ जना आवेदकहरुलाई ११६ कित्ता र सो भन्दा बढी ७०० कित्ता सम्म आवेदन गर्ने १,२३६ जना आवेदकहरुलाई १२० कित्ताका दरले जम्मा १९,१८,७०८ कित्ता शेयर बाँडफाँड गरियो ।

उपरोक्त अनुसार वितरण गरी बाँकी रहेको १३१ कित्ता शेयरका लागि अति प्रभावित वर्गमा ७०० कित्ता आवेदन गरी बाँडफाँडमा परेका ५१३ जना आवेदकहरुलाई गोला प्रथाबाट थप १-१ का दरले १३१ कित्ता शेयर बाँडफाँड गरि कुल ३६,५०,००० कित्ता शेयर कार्तिक २९ गतेका दिन नियमन निकायहरुको प्रतिनिधिहरु, निष्काशन कम्पनी तथा निष्काशन तथा बिक्री प्रबन्धकहरुको उपस्थितिमा बाँडफाँड गरियाे ।

याे शेयरकाे निष्काशक तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेकाे थियाे र सनराइज क्यापिटल लिमिटेड, एनएमबि क्यािपटल लि. सह निष्काशक तथा बिक्री प्रबन्धक रहेका थिए ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *