श्रृजनशील लघुवित्तकाे शेयर बाँडफाँड कार्य सम्पन्न

इन्भेष्टाेपेपर ।  भाद्र २७, २०७९

काठमाण्डाैँ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडकोे शेयर बाँडफाँड कार्य सम्पन्न भएकाे छ ।

उक्त निष्काशनमा आवेदन दिने १८,३८,७५१ जना आवेदकहरु मध्ये रित नपुगेका १,३१५ जना आवेदकहरुलाई बांडफांडमा समावेश नगरी बांकि १८,३७,४३६ जना आवेदकहरुलाई एउटै समुहमा राखि ३६,८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,६८,५९० कित्ता शेयर सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौंमा शेयर बाँडफाँड कार्य सम्पन्न गरिएको हाे ।

प्रति शेयर रु.१००।— अङ्कित दरको ३,९३,७५० कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बांकि भएको ३,६८,५९० कित्ता शेयर सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा १८,३८,७५१ दरखास्त फारामबाट कुल १,९९,७२,६८०कित्ताको लागि आवेदन प्राप्त भएको थियाे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *