बास्केटबल खेल्न सिपालु अनाैँठाे जीव

न्भेष्टाेपेपर । असार ५, २०८०

संयुक्त राज्य अमेरिकाको ‘ओरिगन जू’मा त्यहाँका कर्मचारीहरूले एउटी पोथी ओतलाई बास्केटबल खेल्ने तालिम दिएका छन्। जूनो नामक उक्त नौवर्षे ओतलाई समुद्रबाट उद्धार गरेर उक्त चिडियाखानामा राखिएको हो।

कुहिनाका जोर्नीको व्यायाम गराएर उसलाई बाथ रोगको पीडा कम होस् भनेर केही वर्षअघिदेखि जूनोलाई बास्केटबल खेल्न सिकाइएको हो। यसले मानिसहरूभन्दा राम्ररी बास्केटबल खेल्न सक्दछ भनेर मान्न सकिन्छ ।

‘ओरिगन जू’ ले यस जीवकाे लागि ढुँगाबाट बनाेकाे बास्केटबल हुप बनाइदिएकाे छ । बास्केटबलकाे खेल देखाएर पनि चिडियाखानाले प्रसस्तै कमाइरहेकाे छ ।

ओत स्तनधारी प्राणी हो। यो प्रायः नदी, जलाशय वा समुद्रको छेउछाउ बस्ने उभयचर जीव हो।

अहिले विश्वभरि १३ प्रजातिका ओत पाइन्छ। तीमध्ये तीन प्रजातिका ओत नेपालमा पनि भएको विज्ञहरू बताउँछन्।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *