प्रतिनिधी सभा निर्वाचनकाे १६२ क्षेत्रकाे नतिजा सार्वजनिकः नेपाली कांग्रेस ५५, समानुपातिक तर्फ एमालेकाे अग्रता कायमै

इन्भेष्टाेपेपर ।  मंसिर १६, २०७९

काठमाण्डाैँ । हालसम्म प्रतिनिधी सभाकाे १६२ स्थानकाे अन्तिम नतिजा प्रकाशित भैसकेकाे छ । नेपाली काग्रेसले सबैभन्दा धेरै ५५ स्थानमा विजय प्राप्त गरिसकेकाे छ भने ४४ स्थानमा नेकपा एमालेले विजय हात पारेकाे छ । समानुपातिक तर्फकाे मत गणनामा भने शुरूदेखि नेकपा एमालेले अग्रता बनाइरहेकाे छ ।

यसैगरि सत्ता गठबन्धनकाे नेकपा (माके)ले १७ स्थानमा विजय हासिल गरेकाे छ । अर्काे सत्ता गठबन्धनकाे घटक नेकपा एसले १० स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा, राप्रपाले ७ स्थानमा, जनता समाजवादी पार्टीले ७ स्थानमा र अन्य दल तथा स्वतन्त्र ५ सहित १५ स्थानमा जीत हासिल गरेका छन् ।

कुल १६५ निर्वाचन क्षेत्रमध्ये बाजुरा, स्याँङजा-२ र दाेलखामा मत गणना शुरू भएकाे छ । बाजुरा र स्याँङजामा नेपाली काग्रेसले अग्रता लिएकाे छ भने दाेलखामा नेकपा माकेले अग्रता लिएका छन ।

अहिलेसम्मको समानुपातिक तर्फकाे १ कराेड ३ लाख ८२ हजार मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । नेकपा माओवादी केन्द्र समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहेको छ ।

अहिलेसम्म एमालेले २७ लाख ७४ हजार मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ४४ हजार मत प्राप्त गरेको छ । नेकपा माओवादीले ११ लाख ६१ हजार मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २० हजार मत प्राप्त गरेकाे छ ।

यसैगरि पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तथा जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ । यी बाहेकका दलहरूले अझै ३ लाख मत पुर्याउन सकेका छैनन ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *