श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

न्भेष्टाेपेपर । असाेज ७, २०८१

काठमाडौँ ।  श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उहाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटक मतगणना गरिएको हो । 

पहिलो चरणको मतगणनामा वामपन्थी झुकाव राख्ने दिसानायकेलाई धेरै मतदाताले रुचाए पनि बहुमत ल्याउन सक्नुभएको थिएन । विपक्षी नेता साजिथ प्रेमदासा दोस्रो स्थानमा रहनुभयो ।  

निर्वाचन आयोगले दिसानायके र प्रेमदासाबाहेक अरू सबै उम्मेदवारलाई प्रतिस्पर्धाबाट हटाएको थियो ।

नयाँ राष्ट्रपतिका लागि श्रीलङ्कामा शनिबार मतदान भएको थियो । वर्तमान राष्ट्रपति रनिल बिक्रमासिङ्घे भने निर्वाचनमा पराजित हुनुभयो । एक करोड ७० लाख मतदातामा ७५ प्रतिशतले मतदान गरेका थिए । अब निर्वाचित राष्ट्रपति दिसानायकेको दल जनमुक्ति मोर्चा (जेभेपी) नेतृत्वको गठबन्धन सरकार बन्ने समाचारमा उल्लेख गरिएको छ ।  (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *