जोशी हाईडोपावरको हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुत्त

न्भेष्टाेपेपर । असार २६, २०८०

काठमाण्डाैँ । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी रु. ३७,१४,००,०००।– को प्रति शेयर अंकित रु १००।– को दरले १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४,१४,१०० कित्ता हकप्रद शेयर निकाष्शन गर्ने भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *