ग्लोबल आइएमई र जनता बैंकलाई राष्ट्र बैंकबाट मर्जरको सैद्धान्तिक स्वीकृति
Investopaper, असाैज ०९, २०७६
ग्लोबल आइएमई बैंक र जनता बैंकलाई राष्ट्र बैंकले मर्जरको सैद्धान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकको सञ्चालक समतिकाे असाैज २ गते बसेकाे बैठकले मर्जरकाे स्वीकृति दिएको हो । राष्ट्र बैंकले तीन महिनाभित्र एकिकृत काराेवार गर्न निर्देशन समेत दिएकाे छ ।
मर्जरका लागि ग्लोबलको प्रतिसेयर एक सय र जनताको प्रतिसेयर ८५ रुपैयाँ हुने गरी स्वाप रेसियो तय भएको छ । मर्जरपछि बन्ने बैंकको नाम पनि ग्लोबल आइएमई बैंक नै रहनेछ । चुक्ता पुँजी करिब १७ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।
मर्जरपछि बन्ने बैंकको अध्यक्षमा ग्लोबल आइएमईका तर्फबाट चन्द्र ढकाल हुनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा पर्शुराम कुँवर क्षेत्री हुने सम्झौता भएको छ । बैंकको वरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन् । बैंक सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र जनता बैंकबाट दुई जना रहनेछन।
