के पुरुषको तुलनामा महिलाको दिमाग बढी सक्रिय हुन्छ ?

न्भेष्टाेपेपर ।  फागुन १२ २०७९

काठमाडौ । महिलाको दिमाग पुरुषको तुलनामा विशेषगरी ध्यान केन्द्रित गर्न, आवेश नियन्त्रण गर्न, भाव तथा तनावको क्षेत्रमा बढी सक्रिय हुने गर्छ।

एक अध्ययनअनुसार उक्त तथ्य पत्ता लागेको हो अध्ययनमा ४६ हजार ३४ मस्तिष्कको इमेजिङ अध्ययन गरिएको थियो। जसमा महिलाको दिमाग पुरुषको तुलनामा केही क्षेत्रमा बढी सक्रिय भएको पाइयो।

अमेरिकामा अमेन क्लिनिक्सका संस्थापक तथा लेखक डेनियल जी अमेनले लैङ्गिक आधारमा मस्तिष्कको सक्रियता पनि फरक पाइएको बताएका छन्। जर्नल अफ अल्जाइमर डिसीजमा प्रकाशित लेखमा उनले भनेका छन्, ‘हामीले पुरुष र महिलाबीचका यस्ता भिन्नता पहिचान गरेका छौं, जो अल्जाइमर रोग जस्ता मस्तिष्कसँग जोडिएका विकारलाई लिङ्गका आधारमा जान्न सकिन्छ ।’

अध्ययनबाट पत्ता लाग्यो कि महिलाहरुको दिमाग विशेष गरी आवेश नियन्त्रण, ध्यान, भावुकता, भाव तथा तनावको क्षेत्रमा पुरुषको तुलनामा अधिक सक्रिय हुन्छ। जबकि पुरुषको दिमाग मस्तिष्कका दृश्य तथा समन्वय केन्द्रमा अधिक सक्रिय रहेको पाइयो। स्पेक्ट (एकल फोटो उत्सर्जन गणना टोमोग्राफी) ले मस्तिष्कमा रक्त प्रवाहको मापन गर्न सक्छ।

अध्ययनमा ११९ स्वस्थ व्यक्ति, मस्तिष्कघात, द्विध्रुवी विकार, मनोदशा विकार, सिजोफ्रेनिया र मनोविकारबाट पीडित विभिन्न २६ हजार ६ सय ८३ रोगी सामेल थिए। यी विषयका लागि एकाग्रतासम्बन्धी काम गरिरहेको समयमा कुल १२८ मस्तिष्क क्षेत्रको विश्लेषण गरियो।

यो अध्ययनमा पाइएको भिन्नताहरु थाहा पाइराख्नु महत्वपूर्ण छ। किनकी मस्तिष्क विकारले पुरुष र महिलालाई अलग(अलग तरीकाले प्रभावित गर्छ । महिलामा उल्लेखनीय रुपमा अल्जाइमर रोग, अवसाद तथा तनाव विकारको दर बढी देखियो। जबकि पुरुषहरुमा एडीएचडीको अधिक दर र आचरण सम्बन्धी समस्या देखियो। 

महिलामा बढिरहेको प्रीफ्रन्टल कार्टेक्स रगतको प्रवाहका कारण उनीहरु सहानुभूति, अन्तज्र्ञान, आत्मनियन्त्रण, सहयोग तथा चिन्ताको क्षेत्रमा अधिक क्षमता प्रदर्शन गर्न सक्छन्। अध्ययनबाट यो पनि पत्ता लाग्यो कि महिलाको दिमागको प्रीफ्रन्टल कार्टेक्समा रक्त प्रवाह बढिरहेकाले अधिक चिन्ता, अवसाद, अनिद्रा र खानपानको असन्तुलन रहेको पाइयो।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *