प्रविधिकाे कमाल ! जापानमा महिला र युवतीका लागि नक्कली ‘ब्वाइफ्रेन्ड’

Investopaper, श्रावण १९, २०७६ 

टोकियो : जापानको एक भिडियो गेम कम्पनी लेबल–५ ले एक रोचक नक्कली ब्वाइफ्रेन्ड तयार पारेको छ ।

खासगरी एक्लोपनबाट दिक्क हुने महिला तथा युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार पारिएको कम्पनीले जनाएको छ । जसको साथमा उनीहरु अंकमाल गर्दै तनाब भगाउन सक्ने बताइएको छ । साथै उनीहरु ती ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्छन् ।

जस्तो कि, थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमै । यस्तो नयाँ प्रविधिको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ दिइएको छ । रोचक त के भने, यस्तो ब्वाइफ्रेन्डलाई अंकमाल गरेपछि आफैँ संगीत बज्छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *