सकेसम्म सहमतिबाटै नेपाली कांग्रेसकाे नेतृत्व छनौट हुन्छ : प्रम देउवा

इन्भेष्टोपेपर । मंसिर २३, २०७८

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको आगामी १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा पदाधिकारी छनोट गर्ने बताउनुभएको छ ।

डा. प्रकाशशरण महतद्वारा लिखित नेपाली कँग्रेस एण्ड नेशन बिल्डिङ नामक पुस्तकको विमोचनका समाराेहमा बाेल्दै  सो कुरा बताउनु भएको हो । उहाँ आगामी अधिवेशमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास हुने र प्रजातानित्रक पार्टी भएका कारणले प्रतिश्पर्धा भइहालेमा त्यसबाट हुने हार जितलाई सहज रुपम ग्रहण गर्दै हार्नेले जिन्नेलाई सहयोग गर्ने र जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसको आगामी अधिवेशन देशका लागि नै अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयाे । अधिवेशन सफल बनाएर उत्साहका साथ गाउँगाउँमा फर्किएर नेपाली काँग्रेसलाई ठूलो बहुमतीय पार्टी बनाउन लागि पर्न आग्रह गर्नुभयो ।

‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविकरूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।”

प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली कांग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्वपूर्ण अवसर भएको बताउनुभयो । ‘महाधिवेशन सफल पारेर फर्किएर नेपाली कांग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सहमहामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रसंशनीय काम गरेको बताउनुभयो । उहाँले डा. महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने व्यक्ति भन्दै प्रशंसा गर्नुभयो ।

सहमहामन्त्री डा महतले लेखेको ‘नेपाली कांग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकरको अर्थव्यवस्थाका बारेमा रहेको छ ।

सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गर्नुभएको र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले जानकारी दिनुभयो ।

उहाँले त्यस समयमा नेपाली कांग्रेस पार्टी प्रतिबन्धित रहेको र उक्त विषयमा शोध तयार गर्न पनि निकै कठिन अवस्था रहेको भए पनि आफूले बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको अवधारणा के कसरी भित्र्याउनुभएको थियो भन्ने विषयमा आफ्नो शोध केन्द्रित गरेको बताउनुभयो ।

साथै त्यस समयमा समाजवादी विचारमा बिपी कोइरालाको सरकारले के–कस्तो अर्थनीति अँगाल्ने प्रयास गरेको थियो भन्नेबारेमा अनुसन्धान गर्न आफू इच्छुक रहेकाले सोही विषयमा शोध तयार पारेको र अहिले पनि समाजवादी अवधारणाको महत्व उत्तिकै रहेकाले पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले बताउनुभयो । याे समाचार गारखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *