निरन्तर अनुसन्धान, विकास र इनोभेसनको ग्लोबल हब बन्यो एशिया : रिपोर्ट

न्भेष्टाेपेपर । माघ ६, २०८१

चीन । एशिया निरन्तर अनुसन्धान र विकास (आर एन्ड डी) र नवीनताको लागि विश्वव्यापी हबको रूपमा देखा परेको शुक्रबार जारी गरिएको एक रिपोर्टले देखाएको छ। रिपोर्टका अनुसार यहाँ  विज्ञान र टेक्नोलोजी इनोभेसन क्लस्टरहरूको संख्या र गुणस्तर दुवैमा उल्लेखनीय वृद्धि भएको छ । 

यो रिपोर्ट ‘बोआओ फोरम फर एसिया इनोभेसन रिपोर्ट २०२४’ बोआओ फोरम फर एसिया एकेडेमी र डेलोइट चाइनाले संयुक्त रुपमा तयार पारेका हुन् ।

सन् २०२३ मा शीर्ष १०० विज्ञान तथा प्रविधि क्लस्टरहरू मुख्यतया पूर्वी एसिया, पश्चिमी युरोप र उत्तरी अमेरिकामा केन्द्रित रहेको प्रतिवेदनमा उल्लेख छ । यीमध्ये जापानको टोकियो–योकोहामा क्लस्टर विश्वको सबैभन्दा ठूलो र उच्च प्रदर्शन गर्ने विज्ञान र प्रविधि हबको रूपमा देखिएको उल्लेख छ ।

रिपोर्टअनुसार, गुआंग्डोङ-हङकङ-मकाउ ग्रेटर बे एरिया क्लस्टरले औद्योगिक टेक्नोलोजी इनोभेसनमा यसको उपलब्धिहरूको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गररहेको जनाइएको छ।    

विश्वको कुल प्याटेन्ट फाइलिङको ६२.६ प्रतिशत हिस्सा ओगटेको पूर्वी एसियाले विश्वव्यापी प्याटेन्ट आवेदनको शिर्ष स्थानमा रहेको जनाइएको छ । सन् २०२३ मा १६ लाख ७७ हजार आवेदन र ९ लाख २० हजार ८ सय अनुदानका साथ चीन प्याटेन्ट आवेदन र अनुदानमा विश्वको पहिलो स्थानमा रहेको छ ।

चीन, जापान र गणतन्त्र कोरियाले आर्टिफिसियल इन्टेलिजेन्स र कम्युनिकेसन टेक्नोलोजी प्याटेन्टमा प्रमुख स्थान ओगटेका छन् । – सिन्ह्वा/रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *