अस्मिता र मनाेजको ‘खोलीको पानी’ सार्वजनिक (भिडियाेसहित)
इन्भेष्टाेपेपर । जेठ २८, २०७९
काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक मनोज खनालको स्वरमा रहेको ‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक गरिएको छ ।
गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत छ । गीतलाई सुनिल परियारले एरेन्ज गर्नुभएको हो भने गीतमा समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियो साजन कट्टेलको निर्देशन गर्नुभएको हो । मौलिकतामा आधारित यो गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
