मुक्तिनाथ विकास बैंकद्धारा विद्यालय निर्माणकाे लागि सहयाेग

 इन्भेष्टोपेपर । चैत्र २२, २०७८

काठमाण्डाैँ । मुक्तिनाथ विकास बैंकले बिर्तामोड स्थित राउन्ड टेबल नेपाल प्रोजेकटलाई चमरधाप प्राथमिक विद्यालयको भौतिक पुर्वाधार निमार्ण गर्नका लागि रु २ लाख आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रमबीच उक्त रु २ लाख को (चेक) हस्तान्तरण गरेको हाे ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रदेश नं १ का प्रमुख मनोज विष्ट , बिर्तामोड शाखाका प्रबन्धक हरि ओझा र अन्य कर्मचारीहरुको उपस्थिति तथा राउन्ड टेबलको तर्फबाट अध्यक्ष सुनिल जैसवाल तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट यस विद्यालयका विद्यार्थीहरुलाई पढ्नको लागि राम्रो वातावरण बन्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम मेसिन प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *