उदयपुर जिल्ला अदालत परिसरमा ग्लोबल आइएमईको एटिएम सेवा

इन्भेष्टोपेपर ।  श्रायण १९, २०७७

ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालत परिसरमा एटिएम सेवा सुरु गरेको छ ।
यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २३६ पुगेको छ ।

उक्त एटिएम सेवा उदयपुर जिल्ला अदालतका माननिय न्यायधीश द्वय श्रीमान दिपक खनाल र श्रीमान मनोज के.सी.ले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा, ३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६ वटा एटिएम, २०१ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क/प्रतिनिधि कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *