कृषि विकास बैंकद्धारा बार्षिकोत्सवको अवसरमा विभिन्न शुल्कमा आर्कषक छुट

इन्भेष्टोपेपर । माघ ५, २०७८

काठमाण्डाैँ । कृषि विकास बैंक लि.ले आफ्नो ५५ औं बार्षिकोत्सवको सु–अवसरमा आफ्ना सेवा ग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट, सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली उल्लेखीत सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने घाेषणा गरेकाे छ ।

यसैगरि चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ । सो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहक महानुभावहरुमा बैंकले अनुरोध समेत गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *