एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयर र ऋणपत्र लिलाम बढाबढ

इन्भेष्टोपेपर । माघ १४, २०७८

काठमाण्डाैँ । एनआईबिएल एस क्यापिटल लिमिटेडले निकालेकाे पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड – १ पाैष २२ गते परिपक्व भएको हुँदा योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण शेयरहरु/ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण शेयरहरु न्यूनतम मूल्य रु. १००।– को दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य रु. १०००।– को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ ।

साथै, शेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरुले २०७८ माघ १३ गते देखि २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आफूले लिन चाहेको शेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने जनाइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *