सूर्या लाइफ इन्स्योरेन्सको शेयर आइतवारदेखि लिलामीमा
Investopaper, कार्तिक २३, २०७६
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ३ लाख ९ हजार ३०२ कित्ता हकप्रद शेयर जारीगर्दा बिभिन्न कारणले खरिद नभै बाँकि रहेकाेले कात्तिक २४ गते आइतवारदेखि लिलामीमा आउने भएको छ ।
कम्पनीले हकप्रद शेयर भदौ ८ देखि अशोज १२ गतेसम्म विक्री खुला गरेकाे थियाे । बिक्रि नभएकाे शेयर मध्ये संस्थापकतर्फको २७ हजार ३८९ दशमलव २ र सर्वसाधारण तर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
शेयर खरिदका लागि मंसिर १ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । प्रतिशेयर रू. १०० तोकिएकाले बोलकबोल गर्दा सो भन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ, अन्यथा बाेलपत्र मान्य हुनेछैन । आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम संस्थापकतर्फ सम्पूर्ण कित्ता र सर्वसाधारणतर्फ ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
बोलपत्र आवेदनफारम पाउने र बुझाउन स्थानहरुमा विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र सूर्या लाइफ इन्स्योरेन्सको उपत्यका बाहिरका पर्सा, बाँके, बुटवल, कास्की, कैलाली, सुर्खेत र सुनसरी रहेका छन् ।
