नेपाल टेलिकमकाे अटम अफर
इन्भेष्टोपेपर । कार्तिक १, २०७८
काठमाण्डाैँ । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर यही कार्तिक १ गतेदेखि ९० दिन लागु हुने छ ।
१. सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर –
यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले रु. २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा Add-On Pack को रुपमा खरिद गर्न सक्नेछन् ।
यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी खरिद गर्न सक्नेछन् ।
२. सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर –
यसमा जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।
३. सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर
यसमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ ।
४. सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर –
यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
५. सस्तो प्रिपेड कम्बो प्याक –
यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
६. सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
यसमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ ।
७. एफटीटीएच आइपिटिभी अफर –
यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबिपिएस रु.१७,१०० र ८० एमबिपिएस रु.२२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले क्भत त्यउ द्ययह (एसटिबी) उपलब्ध गराउने छ ।
वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।
यसैगरि कमपनिले एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ । यसकासाथै क्षमता अनुसार मूल्य पनि बढदै जाने विज्ञप्तिमा उलेख गरिएकाे छ ।
