नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित
इन्भेष्टोपेपर । कार्तिक १८, २०७८
काठमाडौं । नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ काे विशिष्ट सम्मानबाट सम्मानित भएको छ । नबिल बैंक विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेसीकरणको लागि जि-२० को ग्लोबल साझेदारी (जीपीएफआई) द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो ।
आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।
एसएमईहरु अर्थतन्त्रको मेरुढण्ड हो । हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैंकले रणनीतिक रुपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ । यसका लागि सक्रियतापूर्वक आफ्नो व्यावसाय प्रक्रियालाई नविनतम निति, तथा प्रकृया मार्˚त एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रुपमा कर्जा उपलब्द गराउदै आएको छ ।
यस उपलब्धिबाट बैंक सम्मानित भएसंगै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले नबिल बैंकले कोभिड–१९ का कारण कठिनाईहरु सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्याउन प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । बैंकिङ कार्यविधिलाई प्रविधिको प्रयोग मार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तिय पहुँच पुर्याउन ध्यान केन्द्रीत गरेको जानकारी गराउदै बैंकले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको र यस क्रमलाई विभिन्न रुपमा जारी राख्ने समेत बताउनुभयो ।’
यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सीईओ म्याथ्यू गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरुले एसएमईलाई वित्तीय पहुँच पुर्याउन अविश्वनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको पाएका बताउनुभयो । सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै बृहत उपलब्धि र क्षमतामा बृद्धी भएको समेत बताउनुभयो ।’
