भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा

इन्भेष्टोपेपर । मंसिर ५, २०७८

भैरहवा ।  उद्योग व्यापार संगठन रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दसौँ राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम संयोजक केशवराज ज्ञवालीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृृत मुक्तिराम आचार्यले राष्ट्रको विकासमा करको योगदान उच्च रहेको बताउनुभयो । प्रमुख कर अधिकृत आचार्यले विभिन्न कार्यक्रमका साथ यस वर्ष राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह जारी रहेको बताउनुभयो ।

उद्योग व्यापार सङस्गठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले कर प्रशासन थप जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभयो । उहाँले कर तिर्ने वातावरणको सिर्जना गरी करदाताको सम्मान हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत गोपाल गिरीले कारोबारको लेखा कसरी राख्ने, बिलबिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेस गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *