उपरथी बाबुराम श्रेष्ठको “वीर नेपाली सेना” बाेलकाे गीत सार्बजनिक

न्भेष्टाेपेपर । असाेज ४, २०८०

काठमाण्डौ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठका “ राष्ट्रिय एकताको प्रतिक वीर सेना” आज सार्वजनिक गरिएको छ । सो गीत प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा सो गीत बिमोचन गरियो । 

गीतमा नेपाली सेनाको गौरवशाली इतिहास बोकेको नेपाली सेनाको कर्तब्यपरायण तथा योगदान बारे वर्णन गरिएको छ । नेपाली सेनाका सैनिक ब्याण्डका प्रमुख सेनानी दिनेश सुनामको संगित संयोजन रहेको छ । संगित तथा लय राजेन्द्र बजगाइँको रहेको छ ।  महिला स्वर गिता पाण्डे र पुरुष स्वर सुवाश तिमसिनाको रहेको छ । उक्त गीत म्युजिक नेपालको स्टुडियोमा रेकडिङ्ग गरिएको हो ।

भिडियोको निर्देशन बिशेष पौडेल गर्नुभएको छ, सिनोमोटोग्राफर र ड्रोन अपरेटर जित बहादुर थापा र निरज पुडासैनीको रहेको छ । सम्पादना प्रकाश हुमागाँई, किशोर दगांल र रमेश बिष्टको रहेको छ । 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *