ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान

इन्भेष्टोपेपर । चैत्र १०, २०७८

काडमाण्डाैँ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत म्यागङ गाउँपालिका वडा नं.३ देउराली – नुवाकोट स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।  

देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष हरि बहादुर तामाङको उपस्थिमा सामरी स्वास्थ्य केन्द्रलाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो। साथै सोहि कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई “न्यानो नानी” बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित “हाम्रो विकास प्रवर्द्धन कोष​” मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ​।

ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६३ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *