यस वर्षकाे सर्वश्रेष्ठ फुटबलरलाई दिइने बालन डी ओर मेसीलाई

न्भेष्टाेपेपर । कात्तिक १४ २०८०

पेरिस ।  अर्जेन्टिनाका लियोनेल मेसीले मङ्गलबार वर्षका सर्वश्रेष्ठ फुटबलरलाई दिइने बालन डी ओर जित्नुभएको छ । मेसी कीर्तिमान आठौँ पटक विश्वका सर्वश्रेष्ठ फुटबल खेलाडी घोषित हुनुभएको हो ।

उहाँले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९, २०२१ र अहिले २०२३ मा बालन डी ओर जित्नुभएको हो । क्रिस्टियानो रोनाल्डोले पाँच पटक, मिचेल प्लाटिनी, योहान क्रुफ र मार्को भान बास्टनले तीन–तीन पटक बालन डी ओर जित्नुभएको छ ।

गत वर्ष अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएपछि मेसीलाई बालन डी ओर जित्न ठूलो सहयोग गर्यो । ३६ वर्षीय मेसीले वर्षका सर्वश्रेष्ठ फुटबल खेलाडीको उपाधि जित्न नर्वे तथा म्यानचेस्टर सिटीका फरवार्ड इर्लिङ हालान्ड र फ्रान्सका किलियन एमबापेलाई पछाडि पार्नुभएको हो । यसै गरी वर्षकी सर्वश्रेष्ठ महिला फुटबल खेलाडी स्पेनकी आइटाना बोनमती हुनुभयो । साम कर दोस्रो र सलमा पारालुवेलो तेस्रोे स्थानमा रहनुभयो ।

इङ्गल्यान्डका युड बलिङघम यु२१ मा सर्वश्रेष्ठ र हालान्ड गर्ड मुलर अवार्ड फोर वेस्ट स्ट्राइकर घोषित हुनुभयो । सर्वश्रेष्ठ गोलरक्षकलाई दिइने लभ यासिनको उपाधि अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले प्राप्त गर्नुभयो । ब्राजिलका मिडफिल्डर सोक्रेटसको नाममा राखिएको मानवीय पुरस्कार ब्राजिलका भिन्सियस यजुनिरले पाउनुभयो । (एपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *