बामरोल लुब्रिकेन्ट नेपाली बजारमा
इन्भेष्टोपेपर । फागुन ९ , २०७६
काठमाडौं – १ सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको छ । सो लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा भित्र्याएको हो ।
बिहीबार एक कार्यक्रमका बीच बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरे ।
सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारत लगायतका देशमा यसको बजारको अवस्था वारेमा जानकारी प्रदान गरेका थिए ।
कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे ।
बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो ।
बामरोललाई द इकोनोमिक्स टाइम्सले द बेस्ट ब्रान्ड २०१८–१९ को रुपमा सम्मानित गरेको थियो । गुणस्तरीयता र वातावरणमैत्री लुब्रिकेन्टको रुपमा यसले विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्रहरु प्राप्त गरेको विज्ञप्ति मार्फत जानकारी गराएकाेछ ।
