१९ वर्ष मुनिको एसिया कप क्रिकेटको च्याम्पियन बन्याे बंगलादेश

न्भेष्टाेपेपर । पुस १, २०८०

काठमाण्डौ । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । आयोजक टोली यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

दुबईमा बंगलादेशले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएई २४ ओभर पाँच बलमा ८७ रन बनाउँदा अलआउट भयो । उसका लागि ध्रुव परासरले सर्वाधिक २५ रन बनाए । बंगलादेशका मरुफ मृधा र रोहनत दुल्लाह बोर्सोनले ३/३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले अशिक रहमान शिब्लीको शतक मद्दतमा २ सय ८२ रन बनाएको थियो । बंगलादेशले भारतलाई र यूएईले पाकिस्तानलाई हराएर फाइनलमा पुगेका थिए । प्रतियोगितामा नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *