किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

न्भेष्टाेपेपर ।  वैशाख ४, २०८२

काठमाण्डाैँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आउनु भएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले पुरर्याइ सक्नुभएको छ । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले किर्तिमानी पर्वतारोही कामी रिता शेपा लाई हस्तान्तरण गर्नुभयो ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *