मंगलदीप पूजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा वर्षा सिवाकोटी

न्भेष्टाेपेपर । असाेज १३, २०८०

काठमाडौं। सूर्य नेपाल प्रालिको उत्पादन मंगलदीप पूजा अगरबत्तीले अभिनेत्री वर्षा सिवाकोटीलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । मंगलदीप पूजा अगरबत्ती ग्राहकको आवश्यकतालाई आत्मसात् गरी विभिन्न सुगन्ध तथा प्याक साइजमा उपलब्ध रहेको बताइएको छ ।

उत्पादनलाई सशक्त रूपमा ग्राहकमाझ पुर्‍याउन तथा उत्पादनको प्रवर्द्धन गर्न अभिनेत्री सिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीको अपेक्षा छ । कम्पनीको विभिन्न प्रचारमुखी योजना अन्तर्गत अभिनेत्री सिवाकोटी अभिनित मंगलदिप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापनसमेत सार्वजनिक गरिएको छ ।

मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, चन्दन लेभेन्डर, ज्यास्मिन, पुष्पाञ्जली, त्रेया, त्रिसारा, इन्द्रेणी, सयपत्री लगायत उत्पादन बजारमा छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *