बसन्त पञ्चमी व्रत कथा

न्भेष्टाेपेपर । माघ २०, २०८१

काठमाण्डाैँ । हिन्दू क्यालेन्डर अनुसार हरेक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी पर्व मनाइन्छ । यो पर्व ज्ञान, विद्या, संगीत र कलाकी देवी माता सरस्वतीलाई समर्पित छ । यस दिन देवी सरस्वतीको जन्म भएको जनविश्वास छ ।

वसन्त पञ्चमीका दिन माता सरस्वती हातमा पुस्तक, वीणा र माला लिएर सेतो कमलमा विराजमान हुनुहुन्थ्यो, त्यसैले यस दिन माता सरस्वतीको विशेष पूजा गरिन्छ । यसदिन वसन्त पञ्चमीको व्रत कथा सुन्ने चलन पनि छ । त्यसैले यहाँ हामी तपाईलाई बसन्त पञ्चमीको कथा सुनाउन गइरहेका छौं ।

पौराणिक कथा अनुसार एक पटक ब्रह्माजी संसारको भ्रमणमा निस्कनुभएकाे थियाे । यस समयमा, जब उहाँले सम्पूर्ण ब्रह्माण्ड घुम्नुभयाे, सबै कुरा मौन पाउनुभयाे। यसको अर्थ त्यो बेला जताततै सन्नाटा मात्र थियो । यो अनौठो दृश्य देखेपछि, उहाँले महसुस गर्नुभयाे कि सायद संसार सृजनामा ​​केही कमी छ। यसपछि ब्रह्मा एक ठाउँमा रोकिएर आफ्नो कमण्डलूबाट पानी निकालेर त्यस ठाउँमा छर्कनुभयाे ।

यसो गर्ने बित्तिकै, त्यहाँ एक दिव्य देवी प्रकट हुनुभयो, उहाँको अनुहारमा तेज र हातमा वीणा थियाे। यी देवी सरस्वती माता थिइन् । प्रकट हुने बित्तिकै सरस्वतिले ब्रह्मालाई प्रणाम गर्नुभयाे। भनिन्छ, वसन्त पञ्चमीको दिन देवी सरस्वतीको अवतार थियो । त्यसैले प्रत्येक वर्ष देवी सरस्वतीको जन्मजयन्ती बसन्तपञ्चमीका रूपमा मनाइन्छ ।

माता सरस्वतीको दर्शनपछि ब्रह्माजीले देवीलाई भन्नुभयो कि यस संसारमा सबैजना पूर्ण रूपमा शान्तिमय छन्। यी मानिसहरु हिँडिरहेका छन् । उनीहरुबीच कुनै कुराकानी भएको छैन । ब्रह्माको यस्तो वचन सुनेर देवी सरस्वतीले उहाँलाई सोध्नुभयो- हे भगवान, मेरो लागि तपाईको के आदेश छ, मलाई भन्नुहोस् ? त्यसमा ब्रह्माजीले देवी सरस्वतीलाई भन्नुभयो- हे देवी, तपाईंले आफ्नो वीणाको सहायताले यी मानिसहरूलाई ध्वनि प्रदान गर्नुहाेस्, ताकि यी मानिसहरू एक-अर्कासँग कुराकानी गर्न र एक-अर्काको समस्या समाधान गर्न सकून्।

यसपछि माता सरस्वतीले संसारका सबै जीबलाई आवाज दिन थाल्नुभयाे । त्यसैबेलादेखि माता सरस्वतीलाई ध्यान र संगीतकी देवीका रूपमा पूजा गर्न थालियो ।

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *