जर्मन बुन्डेस्लिगाको उपाधि बायर्न म्युनिखलाई

इन्भेष्टोपेपर ।  असार ३, २०७७ 

काठमाण्डाै – बायर्न म्युनिखले लगातार आठौं पटक बुन्डेस्लिगा फुटबलको उपाधि जितेको छ ।

बायर्नले दुई खेल बाँकी छँदै लिगको उपाधि जितेको हो । मंगलबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिगको उपाधि जितेको हो ।

खेलको ४३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । योसँगै लेवान्डोस्कीकाे लिगमा गाेलसङ्ख्या ३१ पुगेकाे छ ।

लिगमा ७ अंकको अग्रता रहेको बायर्नलाई उपाधि जित्न एक खेलमा जित आवश्यक थियो । ७६ अंकसहित शीर्ष स्थानमा रहेकाे बायर्नले तीन खेल खेल्न बाँकी रहेको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको डर्टमण्डको ६६ अंक छ । ब्रेमेन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *