नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट
Investopaper, पौष १७, २०७६
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त हुनुभएकाे छ । नेपाल राष्ट्र बैंकले पुस १६ गतेदेखि लागू हुनेगरि बैंकको विशिष्ट श्रेणी (कार्यकारी निर्देशक) मा कार्यरत भट्टलाई प्रवक्तामा चयन गरेकाे हो।
राष्ट्र बैंकले यस अघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाको कार्यकाल सकिएपछि भट्टलाई नयाँ प्रवक्ता छनौट गरेको हो। भट्ट अर्थशास्त्रमा विद्यावारीधि उपाधि प्राप्त व्यक्ति हुनुहुन्छ।
