नेपाल सरकारको प्रवक्तामा विष्णु पौडेल

न्भेष्टाेपेपर ।  पुष १२, २०७९

काठमाण्डाैँ । नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पाउनु भएकाे छ। सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रवक्ताको जिम्मेवारी पौडेललाई दिएको हो।

उक्त जिम्मेवारी सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रस्ताव गरिएको थियो। तर उहाँले प्रवक्ताको जिम्मेवारी लिन अस्विकार गरेपछि तत्काललाई प्रवक्ताको जिम्मेवारी पौडेललाई दिइएको हो। 

उक्त जिम्मेवारी मन्त्रिपरिषद् पूर्ण रुपमा विस्तार नगर्दासम्मका लागि मात्र पौडेललाई दिइएको हो। प्रवक्ताको जिम्मेवारी अब नियुक्त हुने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले पाउने व्यवस्था छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *