जनवरी ४ सम्म राइजिङ मलमा बिजबजारकाे मल एक्टिभेसन

इन्भेष्टाेपेपर ।  पुष १६, २०७९

काठमाण्डाैँ । ई–कमर्स प्लेटफर्म बिजबजारले  डिसेम्बर २४ देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन  गरिरहेको छ । बिजबजारका अनुसार सेवाग्राहीहरूका लागि उपलब्ध हुने रोमाञ्चक अफर र छुटहरूको फाइदा उठाउनका लागि यो उत्कृष्ट अवसर हो। 

यस अवसरमा सेवाग्राहीहरूले बिजबजारको वेबसाइटमा एकाउन्ट दर्ता गरी विभिन्न क्रियाकलापमा सहभागी भई  आकर्षक गिफ्टहरू समेत जित्न सक्ने छन्। यो सँगै सेवाग्राहीहरूले रु ५०० को छुट पनि प्राप्त गर्न सक्ने छन्।

मल एक्टिभेसनमा सेवाग्राहीहरू सहभागी भई बिजबजारका विभिन्न ब्रान्ड, अफर साथै अन्य सुविधाको जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *