निलो प्रकाश दिने चश्मा निन्द्राका लागि फाइदाजनक

इन्भेष्टाेपेपर । असाैज ३०, २०७७ 

निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष सार्वजनिक भएको हो। काम गर्ने वा समय कटाउने प्रयोजनका लागि मोवाई, कम्युटर, टिभीलगायतका विद्युतीय सामग्रीहरुको प्रयोग बढेको पाइएको छ ।

विविध कारणले विद्युतीय सामग्रीको स्कृनमा धेरै हेर्ने व्यक्तिहरुले सुत्ने बेलामा निलो प्रकाश दिने चश्मा लगाएमा निन्द्रा सजिलै लगाउन सहयोग गर्ने अध्ययनकर्ताहरुको भनाई छ । त्यसैगरी त्यस्तो चश्माले भोली पल्टको कामलाई प्रभावकारी बनाउन पनि सहयोग गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

“हामीले अध्ययनबाट यो पत्ता लगाएका छौँ की, निलो प्रकाश दिने चश्मा लगाउँदा निन्द्रा राम्रो हुने, काममा व्यस्त हुन सकिने, कार्यसम्पादन प्रभावकारी हुने, मानवीय व्यवहार राम्रो हुने देखिएको छ,” इन्डीयाना विश्वविद्यालयका सह प्राध्यापक तथा अध्ययनमा संलग्न क्रिश्चियानो एल गौरानाले भन्नुभयो । (रासस / एएनआई)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *