धितोपत्र कारोबार पूर्ण अनलाइन गर्न बाेर्डकाे निर्देशन
इन्भेष्टोपेपर । असार ४, २०७७
धिताेपत्र बाेर्डले धितोपत्रको दोस्रो बजारकाे कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार गर्न आवश्यक देखिएकोले बजार सञ्चालकको रुपमा रहेको नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिइएको छ ।
पूर्णरूपमा अनलाइन काराेवार संचालन गर्न अथवा शेयर खरिद विक्रीकाे रकम तथा कमिशन जम्मा गर्नकाे लागि बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गर्नु पर्ने भएकाले निर्देशन दिइएकाे हाे ।
नेपाल धिताेपत्र बाेर्डले नेप्सेलाइ दिएकाे निर्देशन यसप्रकार छ ।
१. धितोपत्रको बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा IPS वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा IPS वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर २०७७ श्रावण १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था मिलाउने,
२. नेप्से अनलाईन कारोबार प्रणाली (NOTS) ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आइरहेको सन्दर्भमा लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा शेयर जम्मा÷खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउने ।
